माघ ६, काठमाडौँ | बेलायतका वैज्ञानिकलाई एउटा महत्वप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, काठमाडौँ | बेलायतका वैज्ञानिकलाई एउटा महत्वप"/>
२०८३, १३ जेष्ठ बुधबार
काठमाडौँ - KTM

बेलायतका वैज्ञानिकले बनाए चाँडो कोभिड परीक्षण गर्ने एक्स-रे मेसिन

२०७८, ६ माघ बिहीबार ११:११

माघ ६, काठमाडौँ | बेलायतका वैज्ञानिकलाई एउटा महत्वपूर्ण सफलता मिलेको छ । उनीहरुले एक्स-रे मेसिनमार्फत कोभिड परीक्षण गर्न सकिने विधि विकास गरेका छन् ।

युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्डका वैज्ञानिकहरूले एक्स-रेको प्रयोग गरी कोभिड परीक्षण गर्न सकिने विधि विकास गरेको डेली मेलले जनाएको छ । नयाँ आर्टिफिसिअल इन्टेलिजेन्स प्रोग्राम समेत भनिएको नयाँ परीक्षण विधिलाई सहजै पीसीआर उपलब्ध नभएको अवस्थामा प्रयोग गर्न सकिने छ ।

नयाँ परीक्षण विधिले पीसीआरभन्दा चाँडो भाइरस पत्ता लगाउन सक्ने समाचारमा उल्लेख छ । अर्थात् उक्त विधिमार्फत केही मिनेटमै कोभिड भए नभएको थाहा हुन्छ । त्यस्तै, यो विधि ९८ प्रतिशत सही रहेको पनि वैज्ञानिकहरूको भनाइ छ ।

‘कोभिड-१९ लाई चाँडो र भरपर्दो तरिकाले पहिचान गर्न सक्ने मेसिनको खाँचो देखिँदै आएको छ,’ अनुसन्धानको नेतृत्व गरेका प्राध्यापक नईम रमजानले भने, ‘ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि यस्तो आवश्यकता झन महसुस गरिएको छ ।’

नयाँ प्रविधिबाट चाँडै नै कोरोना भाइरस पत्ता लगाउन सकिने भएपनि संक्रमणको शुरुआती चरणमा एक्स-रे मेसिनले कोभिड-१९ का लक्षण नदेखाउने हुँदा पीसीआर परीक्षण पूर्ण रुपमा विस्थापित गर्न नसक्ने पनि रमजानको भनाइ छ ।

‘संक्रमणको प्रारम्भिक चरणमा एक्स-रेमा कोभिड-१९ का लक्षण देखिँदैनन्,’ उनले भने, ‘यही भएर यो प्रविधिले पीसीआर परीक्षणलाई पूर्ण रुपमा प्रतिस्थापन गर्न सक्दैन भनेर बुझ्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट