2026-10-07 10:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्पदा संरक्षणमा संस्कृतिमन्त्रीको जोड

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा रहेका भौतिक एवं अभौतिक सम्पदाले अन्तरराष्ट्रिय रुपमा चर्चा पाउने भएकाले व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा आज राष्ट्रिय सङ्ग्रहालय छाउनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यवस्थापन चुस्तदुरुस्त बनाउनसके विश्वभरका इतिहास एवं संस्कृतिप्रेमीलाई नेपालमा आमन्त्रण गर्न सकिने बताउनुभयो । नयाँ पुस्ताले विगतलाई नियाल्न सङ्ग्रहालय महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी पुस्ताले अवलोकन गर्नसक्ने गरी सङ्ग्रहालयलाई संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।

“नेपालका सङ्ग्रहालयमा सङ्ग्रहीत चीजबीज अद्वितीय छन्, इतिहास, संस्कृति लोप हुने खतरा भएको अवस्थामा त्यसको संरक्षणका लागि सङ्ग्रहालय पनि एउटा माध्यम बन्न सक्छ, इतिहास र संस्कृतिका केन्द्रका रुपमा सङ्ग्रहालयलाई स्थापित गरिनुपर्छ, कृत्रिम बौद्धिकताको जमानामा सङ्ग्रहालयलाई पनि एआइसँग जोडेर लैजानुपर्छ”, उहाँले भन्नुभयो ।

एआइका साथै ‘भर्चुअल रियालिटी’लगायत नयाँ प्रविधिलाई पनि धर्म, संस्कृतिका क्षेत्रमा जोडेर लैजानुपर्नेमा मन्त्री पाण्डेको जोड थियो । सङ्ग्रहालयमा रहेका चिजबिजका बारेमा कहिले, कसले, केके बनायोजस्ता जानकारीसहितको विषय लेखेर कथा वाचन शैलीमा प्रस्तुत गर्नसकेमा अवलोकनकर्ता बढेर सङ्ग्रहालयको पनि प्रचारप्रसार हुने भएकाले त्यसतर्फ अघि बढ्नुपर्नेमा उहाँले सम्बद्ध अधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले पुराना र नयाँबीच पुल बन्ने किसिमका संरचना बनाएर सङ्ग्रहालयलाई व्यवस्थित गरिने प्रतिबद्धता जनाउनुभयो । अर्को वर्षदेखि अन्तरराष्ट्रिय सङ्ग्रहालय समितिको कार्यक्रममा पनि नेपालमा हुने सङ्ग्रहालय दिवससम्बन्धी कार्यक्रम राखेर यसको विश्वव्यापीकरण गरिने जानकारी पनि उहाँले गराउनुभयो । विभागअन्तर्गत आठ वटा सङ्ग्रहालय रहेको जानकारी पनि महानिर्देशक प्रधानाङ्गले गराउनुभयो ।

मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा सुरेशसुरश श्रेष्ठले १५८ देशका ३७ हजार सङ्ग्रहालयमा आज यो दिवस मनाइरहेको जानकारी गराउँदै सबै देशमा सङ्ग्रहालय र समुदायको अवस्था उस्तै रहेको बताउनुभयो । नेपालमा सङ्ग्रहालय स्थापनाको १०० वर्ष पूरा हुन लाग्दा पनि भर्खर सुरु भएकै जस्तो अवस्थामा रहेको उहाँले सुनाउनुभयो ।

दिगो विकास लक्ष्यले पनि सम्पदा संरक्षणका विषयलाई महत्व दिएको उल्लेख गर्दै उहाँले युवापुस्ता संस्कृतिबाट विमुख हुँदै जान थालेकाले आकर्षित गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । प्रत्येक वर्ष १८ मे का दिन अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवस मनाइन्छ । दिवसको यस वर्षको नारा ‘तीव्र गतिमा परिवर्तनशील समुदायहरुमा सङ्ग्रहालयको भविष्य’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए