२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको मुटु मानिने क्षेत्रमा जग्गा किन्दै हुनहुन्छ ? जान्नुहोस् कुन ठाउँमा कति छ भाउ ?

२०७९, २३ श्रावण सोमबार ११:४१

साउन २३, काठमाडौँ | अहिले चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ। बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत क्रमशः भरिँदै गएको छ। मुख्य सहरको रूपमा चित्रित नयाँ सडक, दरबारमार्ग, बानेश्वरलगायतका स्थानमा जग्गा भेटिनै मुस्किल छ।


उता मालपोत कार्यालयहरूले भने ती स्थानको पनि जग्गाको न्यूनतम मूल्यांकन गर्ने गरेका छन्। भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले चालु आवका लागि मुख्य सहरी क्षेत्र भित्रका जग्गाको न्यूनतम मूल्यांकनको विवरण सार्वजनिक गरेको छ। डिल्लीबजार मालपोत कार्यालयकै क्षेत्रभित्र पर्ने दरबारमार्ग, नयाँ सडक बानेश्वरलगायतका क्षेत्रको जग्गाको सरकारी मूल्यांकन के कति होला भन्ने आम मानिसमा चासो रहन सक्छ। त्यसमाथि काठमाडौं उपत्यकाभित्रको सबैभन्दा महँगो मानिएको क्षेत्र कहाँ होला भन्ने जिज्ञासा पनि स्वाभाविक रूपमा नै रहन सक्छ।

काठमाडौं उपत्यकाभित्र नौ वटा मालपोत कार्यालय छन्। तीमध्ये ६ वटा मालपोत कार्यालय त काठमाडौं जिल्लामा नै छन्। तीमध्ये सहरी क्षेत्र भित्र कार्यक्षेत्र रहेको मालपोतमा डिल्लीबजार मालपोत कायालय पर्छ। नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै हरेक मालपोत कार्यालयले आ-आफ्नो कार्यक्षेत्रभित्रका जग्गाको न्यूनतम मूल्यांकनसम्बन्धी विवरण सार्वजनिक गर्छन्।

मालपोत ऐन, २०३४ अनुसार डिल्लीबजारको कार्यक्षेत्रमा रजिष्ट्रेसन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका लागि जग्गाको न्यूनतम मूल्यांकन समितिले न्यूनतम मूल्यांकन गरेको हो। सरकारी निकायबाट भएको मूल्यांकनभन्दा बजारमा कारोबार भने दशौँ गुणा बढीमा हुने गरेको छ।

सहरी क्षेत्रभित्र सबैभन्दा महँगो जग्गा भने नयाँ सडक, ठमेल, दरबारमार्ग, रत्नपार्क, पुरानो बसपार्क, जमललगायतका क्षेत्रको जग्गा रहेको छ। मालपोत कार्यालयले तय गरेको मूल्यांकनअनुसार हनुमानढोका पूर्व नयाँ सडक, पुरानो नगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशम्सेर सालिक हुँदै इन्द्रचोकसम्म नयाँ सडक पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पीश्चम पुरानो नगरपालिका भवन चोकसम्म, नयाँ सडक खिचापोखरी, धरहरासम्मको मूल सडकमा जोडिएका जग्गाको प्रतिआना मूल्यांकन मात्रै रु ६६ लाख बराबर तोकिएको छ।

यस्तै, केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गा, हनुमानढोका जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल, राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्वविश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटो जोडिएका महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मूल सडकको दायाँ-बायाँ क्षेत्रका जग्गाको सरकारी मूल्यांकन पनि प्रतिआना रु ६६ लाख बराबर नै तोकिएको छ।

माइतीघर–सिंहदरबार पश्चिम गेट–पुतलीसडक कृष्ण पाउरोटी हात्तीसार, जयनेपाल कान्तिपथ, जमल दरबारमार्ग र घण्टाभरदेखि कमलादी मोड सम्मका मूलसडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना ६६ लाख रहने गरी प्रस्तावित गरिएको छ। जमल रानीपोखरी, वीर अस्पताल, नेपाल वायु सेवा निगम गोश्वारा हुलाक त्रिपुरेश्वरसम्मको मूल सडकसँग जोडिएका जग्गाको दायाँ-बायाँको पनि प्रतिआना ६६ लाख नै न्यूनतम मूल्यांकन तोकिएको छ।

रत्नपार्क पुरानो बसपार्क सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोमा जोडिएका जग्गाको दायाँ-बायाँ पनि प्रतिआना रु ६६ लाख नै न्यूनतम मूल्यांकन हुने गरी निर्धारण गरिएको छ।

चःमती जग्गा एकीकरण आयोजनाको मूल सडकसँग जोडिएका जग्गाको नयूनतम मूल्यांकन प्रतिआना रु २८ लाख ६० हजार, नयाँबजार नगरविकास आयोजनाका जग्गाको प्रतिआना २६ लाख ४० हजार रुपैयाँ बराबर तोकिएको छ।

यद्यपि, सरकारले तोकेको मूल्यमा जग्गा पाउन भने असम्भव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार