2026-10-15 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ६ मा एक साताभित्रै मन्त्रालय व्यवस्थापनको तयारी

माघ २२, सुर्खेत । माघ मसान्तसम्म प्रदेशमा आवश्यक पर्ने सबै मन्त्रालयहरु व्यवस्थापन हुने मुख्य मन्त्री कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले बताएका छन् । सोमबार वीरेन्द्रनगरमा रिर्पोटर्स क्लव नेपाल शाखा सुर्खेतले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानले मन्त्रालय व्यवस्थापनको कार्य तीब्ररुपमा भईरहेको जानकारी दिए । अबको १० दिनभित्रै मन्त्रालय व्यस्थापनको कार्य सकिने उनको भनाई छ ।

हाल मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय व्यवस्थापन गर्ने काम सकिएकाले अन्य मन्त्रालयहरुको मर्मत कार्य शुरु गरिएको उल्लेख गरे । भवनको अभाव नभएपनि छोटो समयमा जनशक्ति अभावहुँदा व्यवस्थापन गर्न केही ढिलाई भएको उनको भनाई छ । हाल मन्त्रालयका लागि छनौट गरिएका संरचनामाहरु रङ्ग–रोगन र मर्मतको काम भईरहेको उनले बताए । सार्वजनिक खरिद ऐन सम्बन्धी प्रक्रियाले गर्दा प्रदेश सभा भवन व्यवस्थापन गर्न भने केही समय लाग्ने उनले जानकारी दिए ।

प्रदेश नं. ६ मा ७ वटा मन्त्रालयहरु रहने छन् । मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पुर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय रहने प्रमुख सचिव प्रधानले जानकारी दिए । यी मन्त्रालयहरु कुन–कुन भवनमा राख्ने भन्ने विषयमा कार्यालयहरु समेत छनौट गरिएको उनले उल्लेख गरे ।

साक्षात्कार कार्यक्रममा बोल्दै शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्बराज श्रेष्ठल प्रदेश सभाका लागि छनौट गरिएको शैक्षिक तालिम केन्द्रको भवनमा ध्वनीको समस्या देखिएकाले सभाहल व्यवस्थापन गर्न झण्डै तीन महिना लाग्ने जानकारी दिए । उनले सार्वजनिक खरिद ऐन प्रक्रियाले गर्दापनि समय धेरै लाग्ने बताए ।

‘ढिलै भएता कम खर्चमा उत्कृष्ट सभाहल निर्माणका लागि खटिएका छौं’ श्रेष्ठले भने,‘प्रदेश सभा हल स्थायी रुपमा बनाउने गरी व्यवस्थापनाको काम अघि बढिसकेको छ ।’ प्रदेश सभाको भवन व्यवस्थापन गर्न मात्र झण्डै १ करोड लागत लाग्ने श्रेष्ठले जानकारी दिए । सभाहलको ध्वनी हटाउने मात्रै झण्डै २० लाख खर्च लाग्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने