२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धिमाललाई खानेपानीमन्त्री चौधरीको धम्की

२०७९, ३१ आश्विन सोमबार १०:२२

असोज २८, सिरहा। बारा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश धिमाललाई उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसका सह-महामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले धम्काएका छन् ।

यसअघि कांग्रेसको मधेश प्रदेश सदस्य रहेका धिमालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा-१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेपछि मन्त्री चौधरीले फिर्ता लिन धम्की दिएका हुन् । मन्त्री चौधरी सत्ता गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार हुन् । 


‘उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गर्न र अन्यथा आफूले हारे जे पनि हुन सक्ने’ भन्दै मन्त्री चौधरीले शनिवार राति घरमै आएर धम्क्याएको धिमालले बताए । आफूले केही पनि नगर्ने तर आफू पराजित भए मेरा केटाहरूले जे पनि गर्न सक्छन् । त्यसैले उम्मेदवारी फिर्ता लिनोस् भनेर चौधरीले धम्काएको धिमालको भनाइ छ । 

राति करिब ११ बजे ५० जना युवाहरूको समुह लिएर धिमालको घरमा पुगेका चौधरीले उम्मेदवारी फिर्ता लिन र सहयोग गर्ने दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी