2026-07-24 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाशमानको प्रतिवद्धतापत्र– निशुल्क वाइफाई जोनदेखि फ्लाइओभर/अण्डरपाससम्म

असोज २८, काठमाडौं | काठमाडौं निर्वाचन क्षेत्र नं.१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । 

प्रतिवद्धतापत्रमा सिंहले आफ्नो निर्वाचन क्षेत्रमा निशुल्क वाइफाई जोनदेखि फ्लाईओभर र अण्डरपासम्म निर्माण गर्ने उल्लेख गरेका छन् । 

‘निर्वाचन क्षेत्रबासीलाई डिजिटल प्रविधिसँग जोडिन निशुल्क तालिम र सूचना प्रविधिको पहुँच बढाउन निशुल्क वाइफाई जोनको व्यवस्था गर्ने,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘उच्च सवारी चाप हुने क्षेत्रमा अनिवार्य ओभरहेड पुल निर्माण, मुख्य सडकमा सम्भाव्यता अध्ययन गरी फ्लाइओभर वा अन्डरपास बनाउने ।’ 

युवालाई सीप तथा दक्षता अभिवृद्धि तालिममार्फत स्वदेशमै क्षमताअनुसारको रोजगारी सुनिश्चितता गर्ने प्रतिबद्धता पनि सिंहले जनाएका छन् । उनले निर्वाचन क्षेत्रलाई शून्य फोहोरमैला उत्सर्जन क्षेत्र बनाउन आवश्यक पहल गर्ने समेत उल्लेख गरेका छन् । 

‘सरकारबाट प्राप्त हुने निःशुल्क औषती प्राप्त हुने स्थानबारे आमजनतालाई सुसूचित गर्ने र त्यस्ता औषधी निशुल्क उपलब्ध गराउने,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने ।’ 

प्रतिबद्धतापत्रमा उनले स्वच्छ पिउने पानी उपलब्ध गराउन हरसम्भव प्रयत्न गर्ने, मेलम्चीको पुरक स्रोत खोजी गर्ने, २१औं शताब्दी युग सुहाउँदो सुरक्षित मार्ग, सीसीटीभी क्यामेरा जडित टोल, सडक निर्माण गर्ने, बागमती, रुद्रमती र इच्छुमती स्वच्छ र सफा राख्ने, बागमती करिडोरमा हरियाली पार्क निर्माण गर्ने लगायतका वाचा पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक