१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धनबाट प्रचण्ड एक्लै बालकोट पुगेकोप्रति नेपालको चित्त दुखाइ, महेश बस्नेतले भने- एमालेमै फर्किनुस

१३ पुष २०७९, बुधबार ०८:०५

पुस १३, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भेट्न एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत पुगेका छन्। अध्यक्ष नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेता बस्नेतले अध्यक्ष नेपाललाई एमालेमै फर्किन आग्रह गरेको बताए।


उनले भने, ‘मैले उहाँलाई अब पार्टीमा फर्किन आग्रह गरेको छु। उहाँले सकारात्मक नै हुनुहुन्छ। तर, गठबन्धनबाट प्रचण्ड एक्लै बालकोट पुगेकोप्रति उहाँको चित्तदुखाइ पाए।’ अध्यक्ष नेपालसँगको भेटवार्तामा नेकपा एसका सचिव मेटमणि चौधरी पनि थिए। कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान कसेपछि प्रचण्ड पाँच दलीय गठबन्धन टुटाएर आइतबार नै एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भइसकेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड एक ठाउँमा उभिएपछि अध्यक्ष नेपाललाई पनि फर्काउने प्रयास भइरहेको छ। त्यही बीचमा आज बिहान पनि प्रचण्डले आफू नेतृत्वको सरकारमा आउन अध्यक्ष नेपाललाई आग्रह गरिसकेका छन्। सरकारमा मात्रै नभएर एमालेका कतिपय नेताहरूले नेपाललाई पार्टीमा फर्काउने प्रयास गरिरहेका छन्।

मङ्गलवार साँझ उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपाल भेट्न कोटेश्वर पुगेका थिए। यसअघि उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि नेपाललाई भेटेर एमालेमा फर्किन आग्रह गरेका थिए। सुवास नेम्वाङदेखि महेश बस्नेतसम्मका नेताहरू माधव नेपालसँग संवादमा छन्। अहिले एमाले नेताहरूले ओली र माधव नेपालबीच भेटवार्ताको माहौल बनाउने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह