2026-09-03 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डाक्टरको गम्भीर गल्तीले युवकले गुमाए यौनाङ्ग, ९० लाख बराबरको क्षतिपूर्ति दिन आदेश

पुस १३, काठमाडौँ | हामीले कहिलेकाहीं अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको, उपचारमा उल्टोपाल्टो भएको घटना सुनेकै हुन्छ । युरोपेली मुलुक फ्रान्समा पनि भएको छ ।

त्यहाँ डाक्टरहरुको ठूलो गल्तीका कारण एक युवकले आफ्नो यौनांग पूर्णरुपमा गुमाउनु परेको छ । डाक्टरको गल्तीले युवकको यौनांग नै काटिएको उक्त घटनामा अदालतले फैसला गर्दै ती पीडित युवकलाई करिब ९० लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दिन अस्पताललाई आदेश दिएको छ ।

उक्त घटनाका विषयमा पीडित युवकले स्थानीय एक फ्रेन्च न्युजपोर्टलसँगको कुराकानीमा भनेका छन्, ‘मलाई त्यो डाक्टरसँग घृणा लाग्छ । त्यसले मेरो कुरा बिल्कुलै सुनिरहेको थिएन । उनले मेरो उपचारका लागि एउटा खतरनाक विधि छान्यो ।’

ती युवकको सन् २०१४ मा नानटेस विश्वविद्यालय अस्पतालमा भएको थियो । उनी तीन सन्तानका पिता हुन् । त्यतिबेला उनी ३० वर्षका थिए । जाँचका क्रममा उनमा कार्सिनोमा भनिने एक प्रकारको क्यान्सर भएको पत्ता लाग्यो ।

अदालतमा भएको सुनुवाइका क्रममा उनले आफ्नो शल्यक्रियाका क्रममा डाक्टरले गरेको गल्तीले गर्दा आफ्नो यौनांगमा क्यान्सर फैलिएको बताए । जसकारण उनको यौनांग निकै दुख्न थाल्यो । पीडा यतिधेरै थियो कि एकपटक त उनी आफैंले आफ्नो लिंग काट्ने प्रयाससम्म गरेका थिए तर पत्नीले रोकिन् ।

डाक्टरका अनुसार एक वर्षमै उनको यौनांगमा यतिधेरै क्यान्सर फैलिसकेको थियो कि यौनांग नै काटेर फ्याँक्नुको विकल्प नै थिएन । यदि त्यसो नगरिएको भए उनको शरीरभर क्यान्सर फैलिएर मृत्यु हुन सक्थ्यो । तर हाल आएर चाहिं डाक्टरहरुले उनको रोग पत्ता लगाउन नसकेको पुष्टि भएको छ ।

जसअनुसार अदालतले ती युवकलाई क्षतिपूर्तिबापत ६१ हजार युरो रकम दिन आदेश दिएको छ । युवकका वकिलले भने अदालतसमक्ष करिब १५ करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गरेका थिए । क्षतिपूर्ति रकम कम दिइएको र मनोवैज्ञानिक क्षतिको कुनै ख्याल नगरिएको भन्दै युवकका वकिलले पुनरावेदन गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही