रेडियो सहयात्रीले ओखलढुंगामा विकासका लागि बहस गर्ने

Posted on: 25 Sep, 2016

असोज ९, ओखलढुंगा । ओखलढुंगामा सञ्चालीत सहयात्री सामुदायिक रेडियोले सरोकारवालाहरुसँग विकासका लागि बहस गर्ने भएको छ । सञ्चार विकास प्रतिष्ठान द्धारा सञ्चालीत रेडियोले जिल्लाका सबै क्षेत्रका सरोकारवालहरुसँग चरणबद्ध छलफल गर्ने भएको हो ।

‘विकास र परिवर्तनमा हाम्रो भूमिका’ विषयक अन्तरक्रिया पहिलो चरणमा सोमबार जिल्ला स्थित कार्यालय प्रमुखहरुसँग गर्ने र क्रमश १५ गते सम्म राजनैतीक दल,गाविस सचिव,गैरसरकारी संघ संस्था,बैङ्क तथा वित्तीय संस्था,उद्योग वाणिज्य संघ,होटल व्यवसायी संघ,निर्माण व्यवसायी संघ, पत्रकार,सञ्चारकर्मी लगाएतसँग छलफल गर्ने कार्यक्रम रहेको रेडियोका स्टेशन म्यानेजर पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । छलफल पछि सरोकारवालाहरु बिच साझा धारणा समेत तय गरिने उहाँको भनाई छ ।

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०७३ को पावन अवसरमा सहयात्री रेडियोले शुभकामना आदान–प्रदान सँगै विकासका लागि बहस कार्यक्रम सञ्चालन गरिने रेडियोका प्रबन्ध निर्देशक जीवन शर्माले बताउनुभयो । स्थापना काल देखि नै सहयात्री सामुदायिक रेडियोले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!