आज दिनभरकै लागि बन्द गरियो शेयर बजार

Posted on: 10 Dec, 2023

मङ्सिर २४, काठमाडौं | ४० मिनेटपछि खुलेको सेयरबजार ६ प्रतिशतले बढेपछि आज दिनभरकै लागि कारोबार बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आज दिनभरकै लागि कारोबारमा ब्रेक लागेको हो । ४० मिनेटको ब्रेकपछि कारोबार खुलेको २ मिनेटमै ६ प्रतिशतले बढेपछि कारोबार बन्द गरिएको हो । जहाँ नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३ बिन्दुमा कायम भएको छ ।

आज बजार खुलेको ५ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि बजार २० मिनेटका लागि बन्द भएको थियो । बजार खुलेपछि लागातार ४ प्रतिशतभन्दा बढीले बढेर ५ प्रतिशत पुगेपछि नेप्सेमा पुनः४० मिनेटका लागि ब्रेक लागेको थियो ।

शेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!