नवलपरासीको मेलामा डुङ्गाको कमाल, दर्शकको चाप बढदै

Posted on: 09 Dec, 2016


मंसिर २४, परासी । नवलपारसीको सुनवलमा संचालित आज दोश्रो दिन औद्योगिक व्यपार मेलामा दर्शकहरुको उल्लेखनिय सहभागित रहेको छ । मेलामा जिल्लाको विभिन्न क्षेत्रबाट मेला अवलोकन कर्ताहरु बाल उद्यान, डुङ्गा सयर तथा सांस्कृतिमा रमाएका थिए । 

शान्ति समृद्ध उद्योग र व्यापार राष्ट् निमार्णको बलियो आधार मुल नाराका साथ आयोजित मेलामा करिब २ सय स्टलहरु छन् । आगामी पुष ३ गतेसम्म संचालन रहेन मेलामा दर्शकहरु चाप बढदै गएको मेला प्रवक्ता तथा उद्योग बाणिज्य संघका महासचिव गिरीराज पाण्डेयले बताउनु भयो । 

प्रवक्ता पाण्डेयका अनुसार मेलामा जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको श्रब्य, दृश्य वृत्त चित्र माफर्त प्रस्तुतीकरण भैरहेको छ भने स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती थियो । मोलमा आज मात्र ३६ जना कृषकले माटो परिक्षण समेत गराए ।   

मेलाको विशेष आकर्षण मायादेवी मन्दिरको आकृतीको प्रवेशद्वार छ भने मेलामा कृषि, पर्यटन, उद्योग, व्यपार, सुचना प्रविधि, उँट लगायतको वृहद प्रदर्शनी रहेको मेला मुल समितिका संयोजक तथा उद्योग वाण्ज्यि संघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो ।

मेलामा  घरेलु उत्पादनका सामाग्री, छाला जुत्ताचप्पल, कृषी उपज, जडिबुटी, औधोगिक मेशेनरी, तथा उपकरण, अटोमोबाईल्स, इलेक्ट्रोनिक्स, मोवाइल, सूचना प्रविधि, फर्निचर, तयारी पोसाक, लघु उद्यमका उत्पादन, सांस्कृति लगायतको प्रदर्शनी गरिएको अध्यक्ष  थापाले जानकारी दिनु भयो । फोटो छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!