सिँचाई गरेपछि आँउछ नवलपरासीको नहरमा पानी

Posted on: 20 Dec, 2016


मोहम्मद ईजहार शेष | पुस ५, परासी । यो वर्ष पनि ढिला गरि नवलपरासीमा रहेका नहरहरुमा  पानी खोलिएको छ । नेपाल पश्चिम गण्डक सिंचाई नहर प्रणाली त्रिबेणि कमाण्ड अन्तर्गत पर्ने नवलपरासीको विभिन्न नहर,साखा नहर, माईनर नहर, मुल कुलो लगायतमा सिँचाई गर्न सुरु भएको १ महिना पछि पानी खोलीएको हो ।

नवलपरासी जिल्लाको १९ वटा गाविसहरु नहर कमाण्ड अन्तर्गतको सिंचित क्षेत्र अन्तर्गत पर्दछ भने जिल्लामा ३ वटा साखा , ७ वटा माईनर मुलो कुलो २६ वटा र सहायक कुलो १ सय ६२ वटा रहेका छन् । नवलपरासीको त्रिवेणि देखि सनई गाविस सम्म फैलिएको उक्त नहरमा अहिले पानी खोलीएपनि करिब ७५ प्रतिशत किसानहरु गँहुमा सिँचाई गरि सकेका छन् । ४ बिगहामा गँहु खेति गरेका बडहरा दुबौलिया वडा नम्बर १ बडसारका ब्यवसायिक कृषक एंव नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका बदरुल हक खानले आफनो सबै खेती सिँचित क्षेत्र अन्तर्गत रहेपनि नहरको पानी समयमा नआँउदा जहिले पनि बोरिङ्गले सिँचाई गर्ने गरेको बताउनु भयो । तर नेपाल पश्चिम गण्डक सिंचाई नहर प्रणाली नवलपरासीका अध्यक्ष हैदर अलि मोमिनले भारतीय पक्षले समयमा भारतीय नहरको पानी मेन्टेन नगरेकाले नहरमा पानी खोल्न ढिलाई भएको बताउनु भयो ।

नहर नेपालमा रहेपनि नहरको कुनैपनी कार्यमा भारतको बस चल्ने भएकाले नेपाली नहर १ महिना अघिनै सरसफाई गरि तयारी गरिएपनि ढिलाई गरि पानी खोलीएको उँहाले बताउनु भयो । सो नहरहरुमा धान रोपाईको बेलापनि पानी ढिला गरिनै खोल्ने गरिएको किसानहरुको गुनासो गरेका छन् । जिल्लाको कुल क्षेत्रफलको ८ हजार ७ सय हेक्टर क्षेत्रफल नहर कमाण्डको सिँचित क्षेत्र अन्तर्गत पर्दछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!