कात्तिक १९, काठमाडौं | अमेरिकी डलरको भाउ ओरालो लागेर साढे दुई महिनाअघिको हाराहारीमा आइपुगेको छ । केही दिनयता विस्तारै घट्न थालेको डलर भाउ आइतबार र सोमबार एक अमेरिकी डलर बराबर बिक्रीदर १ सय १६ रुपैयाँ २० पैसा रहेको छ भने खरिददर ११६ रुपयाँ ६० पैसा रहेको छ ।
साढे दुई महिनाअघि असोज ८ गते एक अमेरिकी डलर बराबर १ सय १५ रुपैयाँ ८२ पैसामा रहेको थियो थियो । मुलुकको केन्द्रीय बैंकले सोमबारको लागि तोकेको विनिमय दर अनुसार गत शुक्रबार १ सय १७ रुपैयाँ ८३ पैसा पुगेको थियो । गत असोज २४ गते इतिहासमै पहिलो पटक डलर भाउ १ बराबर १ सय १९ रुपैयाँ ३३ पैसासम्म पुगेर कीर्तिमान राखेको थियो ।
डलर भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ ।
त्यस्तै आजको बिदेशी मुद्राको दररेट अनुसार १ युरो बराबर खरिद दर १३१.६४ र बिक्रीदर १३२.३२ रहेको छ । त्यस्तै आज १० जापनिज ऐन बराबर खरिददर १०.२१ र बिक्रीदर १०.२६ रहेको छ । त्यस्तै १ कतारी रियाल बराबर खरिददर ३१.७५ र बिक्रीदर ३१.९२ रहेको छ ।
त्यस्तै आज १ युएई दिह्रामको खरिददर ३१.४७ र बिक्रीदर ३१.६४ रहेको छ । त्यस्तै १ मलेसियन रिंगिटको खरिददर २७.७७ र बिक्रीदर २७.९२ रहेको छ ।
त्यस्तै आज दक्षिण कोरियाको १०० को खरिददर १०.३४ र बिक्रीदर १०.३९ रहेको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३८०.५३ र बिक्रीदर ३८२.५० रहेको छ । यता १ बहराइन दिनारको खरिद मूल्य ३०६.६४ हुँदा बिक्रि मूल्य ३०८.२३ रहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!