माघ ९, काठमाडौं | साझा यातायातलाई सेयर लगानीबापत दिएको तीन अर्ब रुपैयाँ सरकारले ब्याजसहित फिर्ता लिने भएको छ |
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोलटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा निर्धारित समयमा बस सञ्चालन गर्न नसकेको हुँदा उक्त सेयर लगानीवापतको रकम ब्याजसहित फिर्ता लिने निर्णय गरेको बताएका छन् |
यसअघि सरकारले ०७६ को असार २८ र २९ निर्णय गरी साझा यातायातलाई तीन सय विद्युतीय बस खरिदका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको थियो | तीन सय विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई उक्त रकम प्रदान गरेको हो |
यस बिषयमा तपाइको प्रतिक्रिया...!