१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सीप मेलाका प्रशिक्षार्थी भन्छन्- हाम्रा लागि ठूलो सहयोग भयो

२५ बैशाख २०८१, मंगलवार ०७:१०

बैशाख २५, काठमाडौँ । माली तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, पैसा तिरेर तालिम लिन सक्ने अवस्था थिएन । महानगरपालिकाले निःशुल्क तालिम दियो । यसबाट हामीलाई ठूलो सहयोग भएको छ । 

महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले विभिन्न क्षेत्र र पेशाका तालिमहरु सञ्चालन गरिरहेको छ । यीमध्ये वैशाख १२ गतेबाट सुरु भएको बगैँचे र माली तालिम एउटा पेशाअन्तर्गतको हो । यो १५ दिन अवधिको हो ।  


तालिममा २५ जनाले प्रशिक्षण लिइरहेका छन् । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म राष्ट्रिय सभा गृहको वगैँचामा प्रशिक्षण हुने गरेको छ । फूल बगैँचा र विरुवा सम्बन्धी व्यवहारिक ज्ञान दिन क्रममा सोमबार प्रशिक्षार्थीलाई रत्नपार्कको अवलोकन भ्रमणका लागि लगिएको थियो । 

अवलोकनका क्रममा वगैँचाको ढाँचा, बोट, फूल र विरुवाको व्यवस्थापनका बारेमा जानकारी गराइएको थियो । 

प्रशिक्षक मदनराज थापा भन्नुहुन्छ, अवलोकनका क्रममा फूल फुल्ने, फूल नफुल्ने, गहनाका रुपमा रापिने, काँटछाँट गर्नु पर्ने विरुवाका बारेमा जानकारी गराइएको थियो । यस्तै बगैँचा निर्माणको ढाँचा, यसका प्रकारका बारेमा अवगत गराइएको थियो ।

१८ बर्ष उमेर पूरा भएका, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिकलाई तालिम उपलब्ध गराइएको छ । अहिलेको समूहमा २५ जना हुनुहुन्छ । 

फूल तथा विरुवाका बेर्ना उमार्ने, घरभित्र राखिने र बाहिर राखिने फूल तथा विरुवा, यस्ता विरुवाको स्याहार, कलमी, फूल तथा विरुवामा लाग्ने कीरा, रोग र रोकथामका उपायका बारेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान र सिप माली तालिमको पाठ््यक्रम हो । यससँगै अगैँचामा गर्नु पर्ने काममा, डेड हेडिङ्, पिन्चिङ्, डिस्बर्डिङ्, फिडिङ्, गोडमेल, सपोर्ट, सिँचाइँलगायतका विषयमा प्रयोगात्मक सिप सिकाइन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह