फागुन ११, काठमाडौँ | पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ | आइतबार पनि तोलामा रु ७ सय बढेर तोलाको ७८ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |जुन हाल सम्मकै उच्च हो |
त्यस्तै आज तेजाबी सुनको मुल्य ७८ हजार ५ सय कायम भएको छ | चाँदीको मूल्य पनि बढ्ने क्रममै रहेकोछ | आज प्रतितोला चाँदीको मूल्य ९ सय २० मा कारोबार भइरहेको छ | अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ |
चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो | अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने अनुमान गरिएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!