फेरि घट्यो सुनको भाउ : तोलाको कति ?

Posted on: 30 Nov, 2021

मंसिर १४, काठमाडौं | नेपाली बजारमा आज मंगलबार पनि सुनको भाउ घटेको छ। गत सोमबार एक सय रुपैयाँले घट्दै प्रतितोला ९२ हजार रुपैयाँमा झरेको सुनको मूल्य मंगलबार थप पुनः एक सय रुपैयाँले घट्न पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई छ।

तर, यता चाँदीको मूल्य भने गत सोमबारको तुलनामा मंगलबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!