१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वरिष्ठ अधिवक्ता रामनारायण बिडारी पनि जोडिए सन्दीपको कानूनी टीममा

३० बैशाख २०८१, आईतवार ०९:१९

बैशाख ३०, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेको कानूनी टीममा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी पनि जोडिएका छन् । देवानी तथा फौजदारी कानूनका विज्ञ बिडारी राजनीतिज्ञसमेत हुन् । उनी नेकपा माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । फरक वाककलाका लागि उनी प्रख्यात छन् ।

उच्च अदालतमा विचाराधीन मुद्दाका लागि सन्दीपले उनलाई ‘हायर’ गरेका हुन् । सन्दीपसँग आधा दर्जन कानून व्यवसायीको टीम छ, जसमा केही कहलिएका नामहरू छन् । त्यसमा बिडारी थपिएपछि सन्दीपको टीम थप मजबुत बनेको छ । 


 पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता शम्भु थापाले जिल्ला अदालतमा सन्दीपको पक्षबाट बहस गरेका थिए । यस्तै, वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा र सविता भण्डारीलगायत पनि उनको टीममा छन् । टीमको संयोजन भने अधिवक्ता सरोज घिमिरेले गरिरहेका छन् । जिल्ला अदालतमा बहस गरेको टीमलाई नै उच्चमा निरन्तरता दिइएको हो । अहिलेसम्म एक पटक भएको सुनवाइमा सन्दीपको एक मात्रै वकिल कृष्ण सापकोटाले बहस गर्ने मौका पाएका छन् ।

सन्दीपको मुद्दामा अर्को पेसी १ जेठलाई तोकिएको छ । यसअघि गत २३ वैशाखको पेसी स्थगित भएको थियो । पटक–पटक पेसी सरिरहेकाले पर्सी तोकिएको सुनवाइ पनि हुन्छ भन्न सकिने अवस्था छैन । सन्दीपको पक्ष मुद्दाको सुनवाइ चाँडै होस भन्ने पक्षमा छ । यदि मुद्दाको चाँडो किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा भाग लिन सक्ने अवस्था हुन्छ ।

तर, गौशाला २६ का वकिलहरू भने मुद्दा पछाडि धकेल्ने प्रयासमा छन् । सकेसम्म विश्वकप पछाडिसम्म धकेल्न पाएको खण्डमा परिस्थिति फेरबदल हुनेर आफूहरूको पक्षमा फैसला आउने आशा उनीहरूलाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट