११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जीबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा हो: प्रधानमन्त्री प्रचण्ड

३० बैशाख २०८१, आईतवार १२:४३

बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीबी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्रीको दाबीको खण्डन गरेका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोही व्यक्तिलाई नतोकि समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाउन कांग्रेससंग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्रीले त अघिल्लो सरकारले भगाएको हो भन्नु भएको छ नि भन्ने सञ्चारकर्मीको  प्रश्नमा प्रचण्डले भने, वाहियात कुरा हो । त्यस्तो तर्क कसैले पनि गर्न हुँदैन ।’

जीबी राईलाई ल्याउनुपर्छ भन्नेमा सरकार प्रष्ट रहेको भन्दै उनले भने, अघिल्लो सरकारले, अघिल्लो प्रधानमन्त्रीले, अघिल्लो गृहमन्त्रीले भगायो भन्ने बेतुकको कुरा हो ।’

सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि पहल भइरहेको बताए । कांग्रेससँग आइतबार बिहान सकारात्मक सम्वाद भएको भन्दै उनले यदि भोलि साँझसम्म सहमति नभएपनि कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई रोक्छ भन्ने नलागेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सहकारीको वचत हिनामिना गरेको आरोप लागेका जीबी राईलाई पक्राउ गरेर ल्याउने प्रयास भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह