फेरी घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 01 Dec, 2021

मंसिर १५, काठमाडौं |आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।

मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ रहेको छ। यस्तै चाँदीको मूल्य पनि घटेको छ।

मंगलबार प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!