१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रवि लामिछानको चितवन कार्यालयका सीईओ बरालले दिए राजीनामा

३१ बैशाख २०८१, सोमबार ११:२६

बैशाख ३१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन– २ का सांसद रवि लामिछानेको चितवन कार्यालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले राजीनामा दिएका छन् ।

उनले लामिछानेको चितवन कार्यालयमा ९ महिनाअघि काम सुरु गरेका थिए । उनले राजीनामा पत्रमा ब्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख गरेका छन् । तर पछिल्लो समय उनलाई रास्वपाले चितवन छाडेर केन्द्रीय कार्यालय काठमाडौंमा काम गर्न भनेको एक नेताले बताए ।


‘सुरु सुरुमा त उहाँले केही काम गरे जस्तो गर्नुभएको थियो, तर पछिल्लो समयमा उहाँका गतिविधिहरु ठीक थिएनन्’, ती नेताले भने, ‘पार्टी सभापतिको चाहना र स्पिरिट अनुसार उहाँले काम गर्न नसकेपछि सिधैं हटाउन भएन, काठमाडौं कार्यालयको एक युनिटमा काम गर्न भनियो, उहाँले पछि राजीनामा दिनुभयो ।’

बरालले मासिक एक लाख ५० हजार रुपैयाँ तलब लिने गरी काम सुरु गरेका थिए । गत वर्ष साउनमा विज्ञापन आह्वान गरेर लामिछानेले निर्वाचन क्षेत्र कार्यालयमा सीईओ राखेका थिए । उनलाई एक बर्षका लागि भनेर नियुक्त गरिएको भए पनि ८ महिना नै सम्झौता रद्द गरिएको रास्वपाका एक नेताले जानकारी दिए ।

लामिछानेले निर्वाचन क्षेत्रमा सञ्चालन गरेका ब्लू बस र ब्लू एम्वुलेन्स सेवा पनि बन्द हुने अवस्थामा पुगेका छन् । रास्वपाका एक नेताले दिएको जानकारी अनुसार पुरानो मेडिकल कलेजसँगको समन्वयमा थालिएको स्वास्थ्य शिविर कार्यक्रम केही समयदेखि लगभग बन्दको अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट