११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अशोक राई नेतृत्वको जसपाले तीन मन्त्रीलाई आजै सरकारमा पठाउने

३१ बैशाख २०८१, सोमबार ०९:२७

बैशाख ३१, काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको संघीय सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरको छ । 

जसपाले सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो ।


यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै झाको मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन । 

उपेन्द्र यादवले सोमबार राजीनामा दिएपछि सो मन्त्रालय खाली भएको छ ।

जनता समाजवादी पार्टीमा लागेका नवलकिशोर साह सुडी यसअघि नै संघीय सरकारमा वन तथा वातावरण मन्त्री छन्।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले सोमबार पदबाट राजीनामा दिएका थिए। रिक्त स्थानमा नवगठित नवगठित जसपाबाट मन्त्री बनाउन लागिएको हो।

स्रोतका अनुसार पार्टीले पठाएका मन्त्रीहरूको शपथ सोमबार नै हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह