सुनको मूल्य फेरि घट्यो : तोलाको कति ?

Posted on: 10 Dec, 2021

मंसिर २४, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।

हिजो विहिबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ। यस्तै चाँदीको मूल्य पनि घटेको छ।

हिजो विहिबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!