दोहोरो अंकले ओरालो लाग्यो नेप्से परिसूचक !

Posted on: 16 Dec, 2021

पुस १, काठमाडौँ | साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ ।

कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार साढे २ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ३७ हजार २ सय ३६ कारोबारबाट २२४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँमा रोकिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!