ओरालो लाग्यो सुनको मूल्य, तोलामा कति ?

Posted on: 22 Dec, 2021

पुस ७, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९२ हजार ६०० तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजारमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० तोकिएको छ यसको मूल्य मंगलबार प्रतितोला ९२ हजार ५०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १०ले बढेर एक हजार २४५ पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!