नेपाल एयरलाइन्सलाई हङकङ उडानमा प्रतिबन्ध

Posted on: 06 Jan, 2022

पुस २२, काठमाडौँ | नेपाल एयरलाइन्सलाई काठमाडौं–हङकङ उडान भर्न त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ । गत मंगलबार निगमको न्यारोबडी जहाज उडान नम्बर ४०९ चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई उडान भर्न प्रतिबन्ध लगाएको हो । 

निगमले सूचना जारी गरेर हङकङले उडानमा प्रतिबन्ध लगाएको जानकारी गराएको छ । निगमका अनुसार उडान प्रतिबन्ध दुई सातासम्मका लागि हुनेछ । हङकङले कुनै उडानबाट त्यहाँ पुगेकामध्ये दुई जनासम्मलाई कोरोना संक्रमण देखिए प्रतिबन्ध लगाउँदैन । तर, जनवरी ४ तारिखमा निगमको जहाजबाट गएका पाँच जनामा एकैपटक संक्रमण देखिएको थियो  ।

यसअघि पनि हङकङले निगमको जहाज उडानमा पटक-पटक प्रतिबन्ध लगाउदै आएको छ । 

'धेरै ल्याबहरू परीक्षणबिनै खुलेका छन्, कोरोना परीक्षण गर्ने भनी खुलेका यस्ता ल्याबकै परीक्षण गर्नु आवश्यक छ,’ रातोपाटीसँग कुरा गर्दै डा. दीक्षितले भने, ‘संक्रमितले पनि पैसा तिरेर संक्रमणमुक्त रहेको प्रमाणपत्र लिएको पाइएको छ, दक्ष जनशक्ति नभएका ल्याबहरुलाई पनि सरकारले स्वीकृति दिएको छ । त्यस्ता ल्याबले पैसाको भरमा गलत ढंगले सर्टिफिकेट बेच्ने गरेको सुनिन्छ, तत्काल नियमन गरी त्यस्ता ल्याब बन्द गराउनुपर्छ । कहिलेकाहिँ मानवीय त्रुटि पनि हुनसक्छ, यस्तो त्रुटि पनि सकेसम्म हटाउनेतर्फ लाग्नुपर्छ । नत्र नेपालले गर्ने कोरोना परीक्षण विश्वभर नै गम्भीर लापरबाही र ठट्टाको विषय बन्नसक्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!