बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख तीन सय रुपैयाँ

Posted on: 24 Mar, 2022

चैत १०, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनकाे मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलाको एक लाख तीन सय रुपैयाँमा काराेबार भएको छ ।

बुधबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!