पेट्रोलको मुल्य १० रुपैयाँ घट्न सक्ने

Posted on: 27 May, 2022

जेठ १३, काठमाडौं | प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराउनु भएको छ |                 

                          

डा. बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ इन्धनमा कर लगाइए थिए | नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधामन्त्री हुँदा ५ रुपैयाँ थपेर पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ बनाइएका थिए |

१० रुपैयाँ कर हटेपछि अब पेट्रोल १० रुपैयाँ घट्न सक्नेछ । अहिले पेट्रोलको भाउ १८० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर १६३ रुपैयाँ रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!