२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरा महानगरका इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८१, २० बैशाख बिहीबार ११:२५

वैशाख २०, पोखरा | पोखरा महानरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मिलेमतोमा सेवाग्राहीबाट ३ लाख ५० हजार रूपैयाँ घुस लिएको आरोपमा इन्जिनियर बरालसहित सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तीनै जनाको मिलेमतोमा सेवाग्राहीबाट घुस लिएको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन्। इन्जिनियर बरालले दुई लाख आफ्नै नाममा रहेको बैँक खातामा जम्मा गरेको र बाँकी घुस रकम सबइन्जिनियर रोकायासमेतको निर्देशन अनुसार एक लाख ५० हजार कन्सल्टेन्सीका कुँवरले सेवाग्राहीबाट बुझिएको प्रवक्ता घिमिरेले बताए।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगतको कसुर भएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

महानगरमा कार्यरत सबइन्जिनियर रोकाया र कन्सल्टेन्सी सेवाका कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने नाममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको पोखरा कार्यालयको टोलीले गत चैत २८ गते नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह