मलेसिया, युएई, कोरिया, जापान, अस्ट्रेलिया लगाएत देशबाट खुलेआम हुन्डी, राष्ट्रबैंक मुकदर्शक

Posted on: 09 Jul, 2022

असार २५, काठमाडौँ । राजश्व अनुसन्धान विभाग, नेपाल प्रहरी र राष्ट्र बैंक लगाएतका निकायको वेवास्ताको कारण हुण्डी कारोबार बढ्दै गएको पाइएको छ । यी निकायले विदेशी मुद्राको अबैधानीक कारोवार अर्थात हुन्डीको कारोवार गर्नेलाई कहिले-काहि कार्वाहि गरेको जस्तो गरेपनि रेमिटेन्स भित्रने मुख्य देशहरुमा खुलेआम हुन्डीको कारोवार हुने गरेको छ । केहि रेमिटेन्स कम्पनी, नेपालमा रहेका केहि बैंक र मनि ट्रान्सफरको आडमा धेरै रेमिटेन्स भित्रने मुलकहरु मलेसिया, युएई, कोरिया, जापान, अस्ट्रेलिया लगाएतका देशबाट खुलेआम हुन्डी भईरहदा सम्बन्धित निकाय समेत मौन हुनुले सम्बन्धित निकाय माथिनै प्रश्न गर्ने अवस्था आएको छ । 


विदेसबाट प्रत्यक महीना  ४० लाखभन्दा बढी नेपालीले आआफ्नो कमाई अर्थात विदेशी पैसा नेपाल पठाउने गरेपनि धेरै ठुलो रकम अबैधानिक बाटो हुन्डीमार्फत आउने गरेकाले नेपालमा विदेशी पैसाको अभाव भएको छ । बिदेशबाट आउने रकम हुन्डीका दलालमार्फत ति देशमै संकलन गरि उताको पैसा उतै महंगोमा बिक्री गरि नेपालमा नेपाली पैसा दिने गर्दा अहिलेको समस्या उत्पन्न भएको अर्थविदहरु बताउछन् । अर्थविदहरुले विदेशको उक्त रकम बैधानीक बाटोबाट ल्याउन नसकेसम्म नेपालमा विदेशी मुद्रा संकट नै हुने बताउछन । तर यसबारेमा सरोकारवाला निकायलाई जानकारी हुदा हुदै पनि तेता ध्यान नदिनाले हाल देशले ठुलो घाटा बेहोरेको छ । बैदेशिक रोजगारीमा जाने कामदारका लागी मेनपावर कम्पनीले पठाउने कमिसन, विदेश पढ्न गएका बिधार्थीहरुका लागी आवश्यक रकम, विदेशमा ब्यापार गर्ने ब्यावसायी, विदेशबाट अबैधानीक रुपमा भित्र्याऊने सुन, बिधुतीय सामाग्रीहरु र अन्य विदेशबाट सामान आयात गर्नेहरुलाई हुन्डीका एजेन्टहरुले उक्त रकम बिक्री गर्ने गरेका छन ।

हुन्डीका एजेन्टहरुले श्रमिकमैत्री मुलकहरु मलेसिया, कोरिया, युएईका विभिन्न कंपनीहरुमा एजेन्ट नै राखेर बैंकको दरभन्दा केहि बढी रकम दिएर हुन्डी संकलन गरि बेच्ने गरेका छन् । यसरि विदेशमा नेपालीहरुको पसिनाले कमाएको रकम विदेशमै प्रयोग गरि स्वदेशमा नेपाली पैसा दिनाले केहि एजेन्टहरुले पैसा कमाएपनि देश रित्तो हुने गरेको छ । हुन्डीका एजेन्टहरुले नेपालका केहि रेमिटेन्स कम्पनी, केहि बैंक र आन्तरिक रेमिट कम्पनीको प्रयोग गरि आफ्नो धन्दा चलाइरहेका छन । सरोकारवाला निकायको असक्षमताको कारण अबैधानीक हुन्डीको जालो दैनिक बढ्दो छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!