१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शनिबार र आइतबार चार प्रदेशमा पानी पर्ने पूर्वानुमान

२१ बैशाख २०८१, शुक्रबार ०९:३२

बैशाख २१, काठमाडौँ । केही दिनयता उच्च तापक्रम मापन भइरहेका बेला शुक्रबारबाट नेपाली आकाशमा बादल देखिएको छ । आकाशमा बादल देखिएपछि तापक्रम केही घट्न पुग्दा कम गर्मीको महसुस भएको छ । 

शुक्रबार काठमाडौँको अधिकतम तापक्रम बुधबार र बिहीबारको तुलनामा घटेर ३०.५ डिसेमा झरेको छ । यसअघि काठमाडौँको तापक्रम ३३ डिसेभन्दा माथि पुगेको थियो । शुक्रबार काठमाडौँमा हल्का बादल लागेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दुई साता लगातार तापक्रम बढिरहेकोमा बादल लाग्न थालेपछि तापक्रम केही घटेको हो । महाशाखाले शनिबार पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गर्ने र यो प्रणालीले वर्षासमेत गराउने आङ्कलन गरेको छ । 

‘शनिबार र आइतबार पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने देखिन्छ । त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ’, महाशाखाले शुक्रबार साप्ताहिक कृषि मौसम पूर्वानुमान गर्दै भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट