आज ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on: 23 Oct, 2022

कात्तिक ६, काठमाडौँ | आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १५ सय रुपैयाँ बढेको हो। शुक्रबार सुन तोलामा छ सय रुपैयाँ घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। 
शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ४५ रुपैयाँ बढेको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!