२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गणना सुरु भएको अढाई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक, यस्तो छ प्रारम्भिक मतपरिणाम

२०८१, १६ बैशाख आईतवार ०८:५५

बैशाख १६, काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । गणना सुरु भएको अढाई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक गरिएको हो ।

प्रारम्भिक मतपरिणामअनुसार, ४ सय ५२ मत गणना गर्दा एमालेका सुहाङ नेम्वाङले १ सय ६८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम १ सय २, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ९३ र कांग्रेसका डम्बरबहादुर खड्काले ८९ मत पाएका छन् । 

२०७९ को चुनावमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि इलाम- २ मा उपनिर्वाचन भएको हो । यसमा कुल १८ प्रतिस्पर्धी छन् । 

चुनावी मैदानमा एमालेबाट सुहाङ लिम्बू, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार योङहाङ लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेकपा (एकीकृत समाजवादी) बाट जीतकुमार राई छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनिबहादुर लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गणेशबहादुर चौहान, नेपाली जनता दलबाट रेशबहादुर सुनार, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह, स्वतन्त्र उम्मेदवारका रूपमा अर्जुनबहादुर शाही, डकेन्द्रसिंह थेगिम लिम्बू, डाकप्रसाद बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज वश्याल उम्मेदवार छन् । 

१८ जना उम्मेदवार भए पनि मुख्यतः एमालेका सुहाङ, कांग्रेसका खड्का, रास्वपाका लिम्बू र स्वतन्त्र उम्मेदवार थेगिमबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने