२०२२ मा भित्रिए ६ लाख १४ हजार पर्यटक

Posted on: 01 Jan, 2023

पुस १७, काठमाडौँ | सन् २०२२ मा विभिन्न मुलुकबाट ६ लाख १४ हजार १४८ पर्यटक नेपाल भ्रमणमा आएका छन्। 

नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन्। 


२०२२ मा भारतबाट २ लाख ९ हजार १०५ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ।

यस्तै, अमेरिकाबाट ७७ हजार ९, युकेबाट ४४ हजार ७८१, अस्ट्रेलियाबाट २६ हजार ८७४, बंगलादेशबाट २५ हजार ३८४ पर्यटक भित्रिएका हुन्।

नेपाल भित्रिएका कुल पर्यटकमध्ये सार्क मुलुकका ४०.०६, युरोपबाट २१.७२, अमेरिकाबाट १४.१३ अन्य एशियाली मुलुकबाट ८.०३ प्रतिशत रहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!