लगातार बढेको सुनको भाउ आज घट्यो, यस्तो छ आजको बजार भाउ !

Posted on: 06 Jan, 2023

पुस २२, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घट्दै १ लाख २ हजार ३ सय रुपैयाँमा झरेको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २० रुपैयाँले घट्दै आज एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!