यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

Posted on: 07 Jan, 2023

पुस २३, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ८४ पैसा र बिक्री दर १३९ रूपैयाँ ४७ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ६१ पैसा र बिक्री दर १५७ रूपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!