सुनको भाउ फेरि एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदै कारोबार?

Posted on: 08 Jan, 2023

पुस २४, काठमाडौँ | सुनको भाउ आज फेरि बढेको छ ।

अस्ति शुक्रवार तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले बढेकाे हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ तोकेको छ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!