कति छ त आजको विदेशी मुद्राको विनिमय दर ? हेर्नुहोस् !

Posted on: 10 Jan, 2023

पुस २६, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ४८ पैसा र बिक्री दर १३२ रूपैयाँ ०८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३० पैसा र बिक्री दर १४० रूपैयाँ ९४ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३८ पैसा र बिक्री दर १६० रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!