घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

Posted on: 10 Jan, 2023

पुस २६, काठमाडौँ | पछिल्लो समय निरन्तर बढिरहेको सुनचाँदीको भाउ मंगलबार भने घटेको छ। सोमबार प्रतितोला छ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला चार सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ।  सोमबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।  सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ घटेको हो

यस बिषयमा तपाइको प्रतिक्रिया...!