पानी नपरी किन रोकियो युएई बिरुद्धको आजको क्रिकेट खेल ?

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीय खेलमा नेपालले ४४ ओभरको खेल खेल्दै गर्दा 'ब्ल्याक लाइट' को कारण खेल रोकिँदा 'डकवर्थ लेविस' नियम अनुसार ९ रनले जित हासिल गरेको छ । 

के हो 'ब्ल्याक लाइट' ? 

खेल मैदानमा कम प्रकाशका कारण एक सत्र वा एक दिनको अवधिमा खेलिने खेल रोकिन सक्ने नियम छ । त्यसै कारण आजको खेल पानी नपरेपनि कम प्रकाशको कारण रोकिएको हो । खेल मैदानमा प्रयाप्त प्रकाश नहुँदा खेल रोक्न सक्ने नियम रहेको छ । 

क्रिकेट खेलमा खेल जारी राख्नको लागि जब पर्याप्त प्रकाश हुँदैन तब ब्याड लाइटको कारण खेल रोकिन सक्छ । खराब प्रकाशले बललाई बादल र अध्यारो अवस्थामा देख्न गाह्रो हुन्छ । यसै कारणलाई मध्य नजर गर्दै खेल रोक्ने निर्णय लिइन्छ । आजको खेलमा पनि त्यसै अनुसारको निर्णय लिईएको हो । 

खराब प्रकाशको कारण सबैभन्दा बढी प्रभावित हुनेहरू मुख्यत: ब्याट्सम्यान, विकेटकिपर र क्लोज-इन फिल्डरहरू हुन् । किनभने तिनीहरूसँग सामान्यतया तीव्र गतिमा बल आउँदा खेलमा पर्दर्शन गर्न असक्षम हुन्छन् । कमजोर प्रकाशको कारण रातो बललाई ब्याट्सम्यानले उपयुक्त दिशा दिन, फिल्डरले समेतप्रहार भएको बल देख्न नसक्ने वा क्याच गर्न गाह्रो हुन्छ । साथै खेलाडीहरु घाइते हुने सम्भावना पनि हुन्छ । 

आजको खेलमा युएईसँग नेपाल खेल्दै गर्दा मौसममा परिवर्तन आएको थियो । मौसमको कारण खेल मैदानमा प्रयाप्त प्रकाश थिएन । 

विश्वकप छनोटमा पुग्यो नेपाल


बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गर्यो । योसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ ।

कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकको मद्दतले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो ।

खेलमा यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका थिए । त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए । ४९ बल सामना गरेका उनले ६ छक्का र २ चौकासहित उक्त योगफल तयार गरेका थिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए ।

पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । यो सँगै नेपालले खेलेका १२ खेलमध्ये ११ मा जित हात पारेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!