वेस्ट इन्डिजबिरुद्ध न्युजिल्यान्ड विजयी, शृंखला १-१

Posted on: 20 Aug, 2022

भदौ ४, काठमाडौं | घरेलु टोली वेस्ट इन्डिजलाई  दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ । शनिबार  बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज  ३५.३  बलमा  सबै विकेट गुमाउदा मात्र एक  सय ६१ रनमा समेटियो ।


उसका याननिची कारियहले  सर्वाधिक ५२ रन बनाए । यस्तै, अल्जारी जोसेपले ४९ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै  दुई सय १२ रन बनायो । उसका फिना एलेनले सर्वाधिक ९६ रन बनाए  । यस्तै, ड्यारियल मिचेलले ४१  रनको योगदान गरे । 

वेस्ट इन्डिजका  केभिन सिन्केलियरले ४ विकेट लिए । अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!