आज विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो खेल: ब्राजिल र क्रोएसिया भिड्दै

Posted on: 09 Dec, 2022

मङ्सिर २३, काठमाडौँ । विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार  राति पौने ९ बजे सुरु हुनेछ ।

एजुकेसन सिटी स्टेडियममा हुने  खेलमा आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहनेछन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।


त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ । क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ । 

विश्वकपको फाइनल खेल भने डिसेम्बर १८ मा हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!