इटालियन सिरी ए फुटबलमा युभेन्ट्ससँग एटलान्टा बराबरीमा रोकियो

Posted on: 23 Jan, 2023

माघ ९, काठमाडौँ | इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले एटलान्टासँग ३–३ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि एन्जल डी मारिया, आर्काडिउस लिलिक र डानिलोले एक–एक गोल गरे ।  खेलमा सुरुवाती अग्रता भने एटलान्टाले बनाएको थियो । एटलान्टाका लागि डेमोला लुकम्यानले दुई गोल गरे । त्यस्तै जोकिम मेलेले एक गोल गरे । बराबरीसँगै एटलान्डाले १९ खेलबाट ३५ अंक जोडेको छ । एटलान्टा तालिकाको पाँचौं स्थानमा छ । त्यस्तै युभेन्ट्स २३ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!