भुलेर पनि यी खानेकुरालाई तामाको भाँडामा नराख्नुहोस्, यस्तो हानि गर्छ

Posted on: 11 May, 2018

एजेन्सी। हामीले सुन्ने गरेका छौ तामाको भाँडामा राखेको पानी प्रयोग गरेमा धेरै प्रकारको रोगहरुबाट बच्न सकिन्छ । तर, कतिपय चिजहरु यस्ता हुन्छन कि जुन तामाको भाँडामा राखेर खाएमा स्वास्थ्यका लागि निकै हानि गर्छ । जुन चिजले विषको सरह काम गर्छ । 

तल दिएका चिजहरुलाई भुलेर पनि तामाको भाँडामा राखी सेवन नगरौं:-

१.अचार 

अचार तामाको भाडामा कहिलै पनि राख्नुहुन्न । अचारमा भएको तत्व कपर पोइजनिङ्गमा परिणत हुन्छ, जसको प्रयोगले स्वास्थ्यलाई हानी गर्छ ।

२.दही 

दहीलाई तामो भाडामा राखेमा त्यसमा भउको पोषक तत्व उल्टै विषमा परिणत हुन्छ । जसको सेवनले मानिसलाई रिएक्सन गर्छ ।

३.दूध 

दुध तामाको भाडामा राख्दा दही जस्तै दुधमा भएको पोषक तत्व विषमा परिणत हुन्छ । यसको सेवन गर्दा मानिसलाई बमेट हुने, झाडापखाला, पेट दुख्ने गायतका समस्या हुन्छन् ।

४.लेमन जूस 

लेमन जूस पनि तामाको भाडामा राख्नुहुन्न । यसमा भएको एसिड तामाुंग मिले रिएक्ट हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसको प्रयोगले ग्याष्टिक, पेट दुख्ने समस्या पैदा हुन्छ ।

५.अमिलो खालका खानेकुरा 

अमिलो खालका फलफुल, तरकारी लगायतका चिजहरु तामाको भाडामा राख्नुहुन्न । यसरी तामाको भाडामा राखेको खाएमा कमजोर भइने, अल्छी लाग्ने, रिङ्गटा लाग्ने र बेहोस हुने समस्या हुन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!