कोरिया एयरमा चुरोट तान्ने एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

Posted on: 08 Jun, 2023

जेठ २५, काठमाडौँ | दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा झापाका २८ वर्षीय सुवास पुरीले जहाजमा चुरोट तानेको आरोपमा पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजीले जानकारी दिए।

पुरीले उडिरहेको जहाजको ट्‍वाइलेटमा चुरोट सेवन गरेका थिए। जहाजमा चुरोट तानेको सूचना एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनलाई पक्राउ गरेको डिआइजीले बताए।

पक्राउ परेका युवकमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त गौशालामा पठाइएको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!