एकैदिन ट्राफिक नियम उलङ्घन गर्ने ३,११६ जना चालक कारबाहीमा

Posted on: 13 Jun, 2023

जेठ ३०, काठमाडौं | काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार एकैदिन बिभिन्न नियमहरु उलङ्घन गर्ने  ३ हजार ११६ सवारी चालक कारबाहीमा परेका छन् ।   

सोमबार मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने १ सय १४ जना कारबाहीमा परेका छन् भने लेन अनुशासन उलङ्घन गर्ने १ सय १२ जना, रेड लाइटमा पर्ने १३७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना पनि कारबाहीमा परेका छन् ।  

साथै, खुलेको नम्बर प्लेट नराख्ने ३० जना, लिडार गनमा पर्ने ४०१ जना र अन्य २ हजार ३ ०४ जना गरी ३ हजार ११६ जनालाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!