ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ सय बढी सवारी चालक कारवाहीमा

Posted on: 26 Jun, 2023

असार ११, काठमाडौँ | उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा ३ हजार १ सय ८० जनालाई कारबाही गरेको छ । 

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशासन उल्लङ्घन गर्ने १ सय ९५, रेड लाइट मिच्ने १ सय २१, चर्को हर्न बजाउने २७, नम्बर प्लेट राम्रोसँग नराख्ने ४७, राडार गनमा देखिएका ४ सय १ र अन्य २ हजार २ सय ६६ जना गरी ३ हजार १ सय ८० सवारी साधनलाई कारबाही गरिएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!