तुलसीपुरमा ब्राउन सुगरसहित चार युवा पक्राउ

Posted on: 22 Jul, 2022

साउन ६, दाङ | दाङको तुलसीपुरबाट ब्राउन सुगरसहित चार युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिकाको ज्ञानज्योति टोलका २१ वर्षीय अर्जुन नेपाली, सुकौरा बस्ने २५ बर्षीय सागर गन्दर्भ, तुलसीपुर ५ बसपार्कका २३ वर्षीय सन्तोष विक र बसपार्क बस्ने २५ वर्षीय निर्मल घर्तीको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर ६ स्थित शिवा शिखर कोलनी टोलमा ब्राउन सुगर बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले बिहीबार साँझ ६ बजे उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

उनीहरूको साथबाट ४९० मिलिग्राम ब्राउन सुगर र नगद २३ हजार बरामद भएको प्रहरीको भनाइ छ। पक्राउ परेका युवामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!