By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    14 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 hour ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    4 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    7 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बँदेल र मृगको कारण किसान हैरान
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काभ्रेपलान्चोक - KVP > बँदेल र मृगको कारण किसान हैरान
काभ्रेपलान्चोक - KVPकृषि गतिबिधी

बँदेल र मृगको कारण किसान हैरान

साझासवाल
Last updated: April 8, 2019 1:47 am
साझासवाल
5 Min Read
Share

पेमा लामा | चैत २५, बनेपा | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ३ तेलमाले कुशादेवीका नवराज सापकोटाले पछिल्लो समयमा काँक्रो खेती जति गरे पनि बँदेल र मृगले नष्ट गरिदिएपछि आफूले गर्दै आएको पेशा नै छाडिदिएको बताउनुभयो ।

वार्षिक रु दुई लाखदेखि चार लाखसम्म अवस्थाअनुसार आम्दानी गर्दै आउनुभएका उहाँले त्यसरी वन्यजन्तुले सखाप पारेर दुःख दिन थालेपछि अहिले जग्गा नै बाँझो राखेको उहाँको भनाइ छ । “वस्तुभाउ पाल्ने काममा राम्रो भए पनि कृषिमा वन्यजन्तुले नष्ट गरिदिने भएका कारण खेती नै छाड्नुपर्ने बाध्य बनायो”, सापकोटाले भन्नुभयो ।

वडा नं २ का लक्ष्मण हुमागाईंले लगाएको अन्नबाली सखाप पार्ने बँदेललाई भगाउन ठूलो स्वरमा ‘स्पिकर’ बजाए पनि नभाग्ने भएकाले त्यसको नियन्त्रण गर्ने व्यवस्था गरिदिन सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो । त्यसका लागि विकल्पमा खानेकुरा दिएर तथा थुनेर राष्ट्रिय निकुञ्जतिर लगेर छाड्ने व्यवस्था भए त्यसो गर्नसमेत आग्रह गर्नुभयो ।

वडा नं ३ का अर्का किसान रामप्रसाद बञ्जाराले बँदेलले माडेको घाँस गन्धका कारण गाईभैँसीले समेत नखाने भएकाले आफूले हैरानी खेपिरहेको बताउनुभयो । “मैले गाईभैँसीका लागि ४० रोपनी जग्गामा जै घाँस लगाएको छु, त्यसको गेडा छिप्पिएर पहेँलो भएपछि बँदेलले सोरसार पारेर चपाउँदै मिल्काउँदै गर्दा घाँस नै सखाप पारिदिएको छ ।” उहाँले भन्नुभयो, “त्यसरी बँदेलले घाँस कुल्चने र माड्ने गरेपछि गाईभैँसीले गन्धका कारण घाँस नखाँदारहेछन् ।” उहाँले त्यससँगै लगाएको बाली आलु, मकै र गहुँको ७० प्रतिशत जति त बँदेलले क्षति गरेर टिप्न नहुने भएको बताउनुभयो । 

वडा नं ३ कै अर्का किसान भीमप्रसाद घिमिरेले ठूलो मान्छे सधँै घरमा नहुने भएकाले वन्यजन्तुकै कारणले गर्दा असुरक्षित हुने अवस्था आएको बताउनुभयो । स्थानीय बासिन्दा हरिप्रसाद सापकोटाले पछिल्लो समयमा सामुदायिक वनमा भन्दा निजी वनमा झाडी बढी भएका कारण पनि वन्यजन्तु बढी मात्रमा घरबारी नजिकै आउने गरेको बताउनुभयो ।

वडा नं २ का निर्वाचित वडासदस्य सूर्यबहादुर तामाङले आफ्नो बस्ती राष्ट्रिय वन फुल्चोकीको फेदमा परेको हुनाले वन्यजन्तुले हैरान पारेको बताउनुभयो । “वनका झाडी सफा गरेर खुला गर्नसक्ने अवस्था पनि छैन, भएको जग्गामा लगाएको बालीको बीमा गरेर पनि साध्य छैन ।” उहाँले प्रश्न गर्दै भन्नुभयो, “जे गर्दा पनि वन्यजन्तुबाट सुरक्षित हुन नसक्नेका लागि सरकारले कस्तो व्यवस्था ल्याउने हो ?” त्यसका लागि काँडेतार या विद्युतीय तार राखेर भए पनि व्यवस्था गर्न पाउने ऐनमा उल्लेख भए राम्रो हुने उहाँको भनाइ छ । सो ठाउँमा १३८ घरधुरी बसोबास गर्दै आइरहेका छन् ।

लगाएको अन्नबाली वन्यजन्तुबाट क्षति भए त्यसको क्षतिपूर्तिका लागि बाली बीमाको व्यवस्था हुनुपर्ने किसानले माग गरेका छन् । “कि त बाली बीमाको व्यवस्था हुनुपर्यो, कि वन्यजन्तु संरक्षण ऐनमा पनि स्थानीय परिस्थितिका आधारमा त्यसलाई नियन्त्रणको लागि छुट्टै ऐनको व्यवस्था भएर आउनुपर्यो”, नगरपालिका वडा नं १, २ र ३ का किसानको एउटै आवाज छ ।

वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले भूकम्पपश्चात वन्यजन्तुले बढी क्षति पुर्याउँदै आएको बताउनुभयो । सामुदायिक वनमा रुखभन्दा पनि झाडी बढी भएका कारण वन्यजन्तुको बासस्थानका लागि सहज भएकाले त्यसलाई फडानी गर्ने व्यवस्था गरेमा केही हदसम्म कम हुने उहाँको भनाइ छ ।

उहाँले जतिसुकै नयाँ संरचनाअनुसार सिंहदबारको अधिकार गाउँमा आएको कुरा गरे पनि वनले स्थानीय तहमा कुनै पनि अधिकार नदिएका कारण के गर्ने भन्ने विषयमा कुनै निर्णय लिन सक्ने अवस्था नरहेको बताउनुभयो । “वनले हामीलाई कुनै पनि अधिकार दिएको छैन”, उहाँले भन्नुभयो, “डिभिजन वन कार्यालयमा समस्या राख्दासमेत कुनै खालको समाधानको उपाय दिइएन ।”

नगरपालिकाका प्रमुख भीम न्यौपानेले नगरपालिकाले विपत् व्यवस्थापन न्यूनीकरणअन्तर्गत राहत कोष खडा गरेको र त्यसबाट किसानको बाली क्षति भएको अवस्थालाई मध्यनजर गर्दै केही मात्रमा राहत दिने व्यवस्था गर्ने बताउनुभयो । उहाँले बाली बीमाको अभ्यास अहिलेसम्म पनि नभएका कारण बँदेलले पुर्याएको क्षतिको समस्या समाधान गर्न सकिने अवस्था नरहेको बताउनुभयो । “त्यसरी गरेको काम दिगो हुँदैन, त्यससँगै केही मात्रमा राहत पुर्यउन नगरपालिकाभित्र रहेको सामुदायिक वनको व्यवस्थापन गर्ने प्रक्रियामा छौँ”, उहाँले भन्नुभयो, “दर्ता रहेको ६७ सामुदायिक वन नवीकरण नभएको अवस्थामा त्यसलाई तत्काल कार्ययोजना बनाएर नवीकरण गर्ने र त्यहाँ भएका झाडी र ढलेका रुखको व्यवस्थापन मात्रै गर्न सकेमा पनि केही हदसम्म बँदेललगायतका वन्यजन्तुबाट हुने अन्नबालीको क्षति कम गर्न सकिन्छ ।”

प्राध्यापक नीलकुमार शर्माले वन्यजन्तुबाट पुर्याएको अन्नबाली क्षतिको विषयलाई लिएर प्राकृतिक सन्तुलन बिगार्नतिर नलाग्न आग्रह गर्नुभयो । प्राकृतिक सन्तुलनलाई बिगार्ने काम गर्यौं भने हामी आफैँ समाप्त हुने भएकाले त्यसतर्फ लाग्नुभन्दा पनि अरु कुनै विकल्प निकालेर अघि बढ्नु उपयुक्त हुने उहाँको सुझाव छ ।

किसानको सो समस्या समाधानका लागि जिल्लास्थित जिल्लास्तरीय संवाद समूह काभ्रेपलाञ्चोकले ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ समुदायमा संवाद कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रका किसानसँग अन्तरक्रिया गरी समाधानका उपायको विषयमा छलफल प्रक्रिया अगाडि बढाएको समूहका मधुसुधन गुरागार्इंले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पाँचौँ संशोधन ऐन, २०७३ को व्यवस्थाअनुसार राहत दिने व्यवस्थाको दफा ६ को ३ घ मा राष्ट्रिय निकुञ्ज तथा आरक्षणभन्दा बाहिर वन्यजन्तुको आक्रमणमा परी धनजनको क्षति भएमा त्यस्तो क्षतिवापत तोकिएबमोजिम राहत दिइनेछ भन्ने उल्लेख गरिएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article जनप्रतिनिधिको तलब सामाजिक काममा
Next Article कोरियामा रोजगारी: परीक्षा शुल्कमै सवा अर्ब बाहिरियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPसमाज

साझा बसको सेवा बन्द गराउने चेतावनी

57 years ago
कृषि गतिबिधीबर्दिया - BRD

दुर्लभ किसानको साथी भेटिएपछि

57 years ago
कृषि गतिबिधी

५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार

57 years ago
कृषि गतिबिधीडडेलधुरा - DDL

जिल्ला प्रशासन डडेल्धुराद्धारा फेरी बजार अनुगमनलाई तिब्रता

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?