पानीले रोक्यो धुर्मुसको मातृभूमि कप क्रिकेट
चैत २३, काठमाडौं । आज (शनिबार) हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगीता बिहानै देखी परेको पानीका कारण स्थगित भएको छ । बिहान १० बजेदेखी नै राष्ट्रिय क्रिकेट टिम र कलाकारहरु गरी दुई–दुई टिम बिच प्रतियोगीता हुने भनिएको थियो तर बर्षातका कारण आजका लागी खेल रोकिएको हो ।
मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु
चैत २३, मकवानपुर | पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १० मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नंबर १० का ६१ बर्षिया सानुमान डिंगडुङ्ग रहेको प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञ प्रसाद भट्टराईले बताए। यसैगरी हेटौँडा १
जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउन थाले
चैत २३, भद्रपुर । जन्मका आधारमा नागरिकता पाएका विर्तामोड–७ गरामनीका कैले टुडूका दुई सन्तानले शुक्रबार झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।
वंशजका आधारमा नागरिकता प्रमाणपत्र पाउनेमा २२ वर्षीय समीर टुडू र १७ वर्षीय सन्दिप टुडू रह
यस्ता गुण भएका जीवनसाथी रोजनुहोस्, तपाईको भाग्य आफैं चम्किनेछ
काठमाडौं | दम्पतीको सम्बन्ध सधै सुमधुर र मिठासपूर्ण हुँदैन । त्यसमा अनेकौ उत्तारचढाव आउँछ । कहिले उनीहरु अघात प्रेम बर्षाउँछन्, कहिले तितो पोख्छन् । धेरै दाम्पत्य-चक्रमा
अब यी स्मार्टफोनमा फेसबुक र इन्स्टाग्राम नचल्ने !
चैत २३, काठमाडौं | अबको केही समयपछि कतिपय स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर चल्नेछैनन् ।
यदि तपाइँसग पनि विन्डोज फोन छ भने मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध हुनेछैन । यद्यपि थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले सोसल मिडियाको प्रयोग भने गर्
झापामा चट्याङले लागेर एकको मृत्यु, २ जना घाइते
चैत २३, झापा | आज बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेको छ । मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर
कालो बादल देखेपछि तर्सिन्छन् आँधीपीडित
वीरेन्द्र कर्ण | चैत २३, वीरगञ्ज |इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का उब्जन थाल्छ ।
“आइतबार साँझ शुरुमा आकाशमा यस्तै कालो बादल लागेको थि
नवलपरासीमा हातहतियारको अनुमति लिएर नवीकरण गरेनन्
चैत २३, नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा विभिन्न व्यक्तिका नाममा दर्ता भएका हातहतियारमध्ये अधिकाशंका इजाजतपत्र नवीकरण गरिएका छैनन् ।
हातहतियारको ३३५ ले इजाजत पत्र लिएका भए पनि हालसम्म ११६ ले मात्र नवीकरण गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ
व्यावसायिक कृषिमा पहिचान बनाउँदै बाघमारा
चैत २३, पोखरा । वर्षात् शुरु भएसँगै यतिखेर बाघमाराका कृषक लहरे तरकारीको तयारीमा जुटेका छन् । बेर्ना तयार गर्नु, हुर्किएका बेर्नाका लागि थाँक्रो राख्नु, असिनाजस्ता प्रकोपबाट जोगाउन प्रयास गर्नु यतिखेर यहाँका कृषकको दैनिकीजस्तै बनेको छ । पोखराको बजारमा विशिष्ट पहिचानजस्तै बन्दै गएको यहाँको दूध तथा
पाकिस्तानले भारतसँगको सम्बन्ध सुधार गर्न ३ सय ६० कैदीलाई रिहा गर्ने
चैत २३, काठमाडौं | पाकिस्तानले भारतसँगको सम्बन्ध सुधारका लागि पाकिस्तानी जेलमा रहेका ३ सय ६० भारतीय कैदीबन्दीलाई मुक्त गर्ने भएको छ । पाकिस्तानले मानवीयताका आधारमा यो फैसला लिएको जनाएको छ ।
गएको फेब्रुअरी १४ मा भारत प्रशासित क्षेत्र कश्मीरमा आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतको केन्द
युएईमा नेपाली सवार ट्याक्सी दुर्घटना: २ जनाको मृत्यु, २ सख्त घाइते
चैत २३, यूएई । युएइमा ट्याक्सी दुर्घटनामा परि २ जना नेपालीको मृत्यु भएको छ | उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युएईको आबुधाबीमा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वक
चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु
चैत २३, चितवन | चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा शनिवार बिहान एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ बस्ने ३२ वर्षीय मेघलाल तामाङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ना ६ ख ६५६६ नं को ट्रकले भित्री बाटोबाट निस्किँदै गरे

